डडेल्धुरामा १७ वर्षीय किशोरीमाथि बलात्कार

Posted on: 26 Jan, 2020

माघ १२, डडेल्धुरा | डडेल्धुरामा एक १७ बर्षिया किशोरी माथि बलात्कार भएको छ | किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको आलिताल गाउँपालिका–५ बाहिरीसैन गुरेनीका २८ वर्षीय हुकुम ताम्राकारलाई प्रहरीले पक्राउ गरेको छ |

गत बिहीबार १७ वर्षीय किशोरीलाई करणी गरेर फरार रहेको भन्ने पिडितको जाहेरीका आधारमा उनलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए |

पक्राउ परेका ताम्राकारमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्धा दर्तागरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!