पर्वत महोत्सवमा निशुल्क मुटुशिविर ३७० जना लाभान्वित

Posted on: 28 Jan, 2020


पर्वत । पर्वतमा निशुल्क मुटु शिविर सम्पन्न भएको छ । सेभ द हर्टको सहकार्यमा जिल्ला अस्पतालले आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा मुटु रोग परीक्षण शिविरको आयोजना गरेको हो । 

शिविरमा विरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई र उनको टोलीले परिक्षण गरेको थियो ।

पछिल्लो समयमा मुटु रोगीको संख्या बढ्दै गएको हुनाले मुटु परिक्षणको आयोजना गरिएको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए ।

अव्यवस्थीत खानपान, कसरतको अभाव लगायतका विभिन्न कारणले नेपालमा वर्षेनी मुटुरोगीहरुको संख्या बढ्दै गएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!