पर्वत महोत्सवको छैठौं दिन कुन कुन कलाकार आउँदै छन् ?

Posted on: 28 Jan, 2020



पर्वत । यहि माघ ९ देखि शुरु भएको छैठौं पर्वत महोत्सवका आज छैठौ दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुत हुने भएको छ । साथै रत्यौली, भजन, लोकनृत्य प्रतियोगिता र लाइभ दोहोरी हुने भएको छ । आज प्रजापती पराजुली,कुलेन्द्र विक, आरसी पौडेल, सरस्वती लामिछाने, कृष्ण अखेली, रितु कँडेल, सञ्जिव सिंह राना र हास्यकलाकार सुरज भिरखोइरेको प्रस्तुती रहने प्रचारप्रसार संयोजक ठाकुर वि पौडेलले जानकारी दिए ।।

रितु कँडेल, सन्जिव सिंह रानाको पप कन्सर्ट र सुरज भिरखोइरेको हाँस्यब्यङ्गे रहने आयोजकले जनाएको छ । त्यस्तै भोली बैकुण्ठ महत, लक्ष्मी मल्ल, जीवन दाहाल, गंगाराम परियार र डिजे प्राश्ना शाक्य को प्रस्तुती रहने आयोजकले जनाएको छ ।

महोत्सवमा प्रतियोगिता, डान्स प्रतियोगिताका साथै स्थानीय कलाकारहरुको प्रस्तुती र लाइभ कन्सर्ट पनि हुनेछ ।

पर्वत उद्योग बाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सवमा गण्डकी प्रदेशका लघुउद्यमीलाई जोड दिइएको महोत्सव मुल आयोजक समितिका संयोजक एवं उवासंघ पर्वतका अध्यक्ष केदरनाथ शर्माले जानकारी दिए । लघुउद्यमीहरुको लागि ३० वटा स्टल निशुल्क उपलब्ध गराएको छ ।

महोत्सवमा ५ लाख दर्शक भित्राउने आयोजकले लक्ष्य राखेको छ । त्यस्तै महोत्सवमा छेलो फाल्ने प्रतियोगिता, दौड प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौली प्रतियोगिता, लोकनृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य प्रायोजक प्रभु बैंक रहेको छ  भने नेपाल पर्टन बोर्ड प्रर्बद्धक रहेको छ । महोत्सवमा २५० स्टल रहेका छन् । जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र लघुउद्यमको विकासको लागि महोत्सव सफल हुृने आयोजकको ठम्माइ रहेको छ । महोत्सव सम्पन्न गर्न डेढ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!