दिदीबहिनी महोत्सवको गाउँगाउँमा प्रचारप्रसार तीब्र

Posted on: 28 Jan, 2020


रेडियो दिदि बहिनीले आफ्नो दशौ बाषिर्क उत्सवको अवसरमा गण्डकी प्रदेशस्तरीय महोत्सवको आयोजना गर्ने भएको छ । हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा महोत्सवको आयोजना गर्दै आएको रेडियो यो वर्षपनि  बृहत तेह्रौ गण्डकी प्रदश स्तरीय महिला महोत्सव गर्न लागेको हो ।

भर्मण बर्ष २०२० लक्षित र्गर्दै म्याग्दीको सदरमुकामसंगै रहेको पर्वतको जलजला गाउपालिका–३ पर्वत बेनीमा आगामी फागुनमा १ देखि ११ सम्म बृहत तेह्रौ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको दसौ वार्षिकोत्सवको आयोजना गरिएको रेडियो दिदीबहिनीले जनाएको छ ।

महोत्सवमा आउन अब केहि १७ दिन बाँकी रहँदा महोत्सवको प्रचारप्रसार तीब्र रुपमा अगाडी बढेको रेडियोले जनाएको छ ।

कुश्मामा महिलाहरुद्धारा सञ्चालित रेडियो दिदिबहिनीले दसौ वार्षिकोत्सवको अवसर पारेर फागुन १ देखि ११ गतेसम्म महोत्सव आयोजना गर्न लागेको म्याग्दी र पर्वतमा पत्रकार सम्मेलन गर्दै संबिधान सभाका सदस्य तथा सामुदायिक रेडियो दिदिबहिनीका अध्यक्ष कल्पना चापागाईले जानाकारी दिनु भएको छ ।

 महोत्सवमा चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल, दोस्रो दिदीबहिनी डान्स आइडल, पालिकास्तरीय पुरुष भलिबल, विद्यालय स्तरीय नृत्य, रत्यौली र भजन प्रतियोगिता हुने भएको छ ।

झाकी र कृषि तथा पशु मेला प्रर्दशनी, महिला उद्यमी तथा विशिष्ट व्यक्तिहरुलाई सम्मानका साथै बाल उद्यान, रमाइलो मेला र कलाकारको प्रस्तुति महोत्सवको थप आकर्षण हुने रेडियोका अध्यक्ष कल्पना चापागाइले बताउनुभयो । ११० औ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजित महोत्सवमा देशभरका एफ एम रेडियोका महिला अध्यक्ष तथा स्टेशन म्यानेजरको भेला गरिने उहाँले बताउनुभयो । 

रमाइलो र मनोरञ्जनका लागि मात्र नभएर महिलाहरुको क्षमता अभिवृद्धी तथा समानताको आवाज बुलन्द पार्न, कला र संस्कृतिको संरक्षण तथा घरेलु बस्तुको ब्यापार प्रर्वद्धनमा सहयोग पुग्ने आयोजकले बताएका छन् ।

मुख्य आकर्षणको रुपमा रहेको महिला भलिबलको बिजेता, उपबिजेता र तितृय हुनेलाई क्रमश दुई लाख, एक लाख र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । 

पालिका स्तरीय पुरुष भलिबलको बिजेता, उपबिजेता र तीतृय हुनेलाई एक लाख, पचास हजार र पच्चिस हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । डान्स आइडलमा प्रथम, द्धितिय, तृतीय हुनेलाई क्रमश पचास हजार, तीस हजार र बीस हजार तथा विद्यालय स्तरीय नृत्य, रत्यौली र झाँकी प्रर्दशनीमा प्रथम, द्धितिय, तृतीय हुनेलाई पच्चिस हजार, पन्ध्र हजार र दश हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

त्यस्तै भजन प्रतियोगितामा प्रथम, द्धितिय, तीतृयलाई क्रमश पन्ध्र हजार, दश हजार र पाँच हजार रुपैया पुरस्कार व्यवस्था गरिएको छ । खसी, बोका, बाख्रा तथा कृषि उपजको प्रर्दशनीमा उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था, निशूल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम गर्ने आयोजकले जनाएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!