अन्तरपार्टी महिला संजाल रामेछापको अध्यक्षमा गंगा बुढाथोकी

Posted on: 01 May, 2016

बैशाख १९, प्रज्वल पौडेल, रामेछाप । अन्तरपार्टी महिला संजाल रामेछापको नयाँ नेतृत्व आज चयन गरिएको छ । अन्तरपार्टी महिला संजाल रामेछापका अध्यक्ष कमला जिसिको सभाध्यक्षतामा बसेको एक भेलाले नेकपा क्रान्तिकारीकी गंगा बुढाथोकीको अध्यक्षतामा १६ सदस्यीय रामेछाप जिल्ला स्तरिय अन्तरपार्टी महिला संजाल गठन गरेको छ । नवगठित सञ्जालको उपाध्यक्षमा नेपाली काँग्रेसबाट निर्मला घिमिरे, सचिवमा नेकपा एमालेबाट दिपशिखा दाहाल, सहसचिबमा नेकपा मालेबाट दिलमाया सुनुवार र कोषध्यक्षमा एमाओबादीबाट बन्दना श्रेष्ठ रहनुभएको पुर्ब अध्यक्ष कमला जिसिले जानकारी दिनुभयो ।

antar pati 1

रामेछाप जिल्ला भित्र रहेको विभिन्न राजनैतिक पार्टीहरुसँग सम्बद्ध महिलाहरुको समुह अन्तरपार्टी महिला संजालको कार्यकाल एक बर्ष भएको स्रोतले जनाएको छ ।

antar parti

यस बिषयमा तपाइको प्रतिक्रिया...!