बाजुराको विच्छ्या केन्द्रबिन्दु बनाएर सुदूरपश्चिममा ४.२ रेक्टर स्केल भूकम्पको धक्का

Posted on: 28 Jan, 2020

माघ १४, बाजुरा | मंगलबार बिहान बाजुराको गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्पको धक्का महसुश भएको छ | आज बिहान ७ बजेर ५९ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ |

जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर भूकम्प गएको उक्त क्षेत्रमा कुनै मानवीय बस्ती नभएकाले केहि क्षेती नभएको  भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए |

उनले दिएको जानकारी अनुसार सो क्षेत्रमा कुनै पनि बस्ती नभएको र बीच बाटो भएकाले केही क्षति नपु¥याएको बताए। एकाबिहानै भूकम्प आएपछि जिल्लाका स्थानीयवासी त्रसित बनेका हुन्। जिल्लामा पटक-पटक भूकम्प जान थालेपछि भूकम्प प्रतिरोधात्मक घर नभएपछि यहाँका स्थानीयवासी त्रसित बन्दै गएको बताइएको छ | 

सुदूरपश्चिमका अन्य जिल्लाहरुमा समेत भूकम्पको धक्का महसुस भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!