बाथरुममा नुहाउन पसेका दम्पतिको निसास्सिएर मृत्यु

Posted on: 30 Jan, 2020

माघ १६, काठमाडौँ | ललितपुरमा नुहाउन  बाथरुम पसेका दम्पतिको निसास्सिएर मृत्यु भएको छ | ४२ वर्षीय हस्त गर्बुजामगर र ३९ वर्षिया उनकी श्रीमती नेत्रकुमारीको बुधबार मृत्यु भएको हो | उनीहरु तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक बाथरुममा नुहाउन पसेका थिए |

साउना बाथरुममा पसेका उनीहरु अबेर सम्म ननिस्किएपछि बाथरुमको ढोका फोडेर हेर्दा उनीहरू बेहोसअवस्थामा भेटिएका थिए | बेहोश अवस्थामा भेटिएका उनीहरुको तत्काल उद्धार गरी पाटन अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनीहरू मृत घोषणा गरेको प्रहरीले जनाएको छ |

हस्त गर्बुजा मगर पूर्वमहिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाका स्वकीय सचिव हुन् | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!