महिला माथि यौन शोषण गरेको आरोपमा एसएसपी राणा निलम्बित

Posted on: 31 Jan, 2020

माघ १७, काठमाडौं | हिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई निलम्बन गरेको छ | राणा संघीय प्रहरी इकाइ धरानमा कार्यरत् थिए |

उनलाई शुक्रबार निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ | गृह मन्त्रालयले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार समेत गरेको छ | कात्तिकमा धरानकी एक महिला राणाले आफूमाथि करनी गरेको भन्दै गृह मन्त्रालय सम्म पुगेकी थिइन् | उनले गृहमन्त्री रामबहादुर थापा,सचिव प्रेमकुमार राई लाई समेत भेटेकी थिइन् |

उक्त आरोप एसएसपी राणाले भने अस्विकार गर्दै आएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!