घरमा सुतिरहेको अवस्थामा युवतीमाथि बलात्कार, विमानस्थलबाट पक्राउ

Posted on: 03 Feb, 2020

माघ २०, काठमाडौँ | १६ वर्षे युवतीलाई घरमा सुतिरहेको बेला बलात्कार गरेको आरोपमा एक जनालाई विमानस्थलबाट पक्राउ गरको छ | सोमबार धादिङको गजुरी गाउँपालिका ८ का कृष्ण भनिने हेमन सिंह बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो |

८ महिना अघि  स्काभेटर चालकको रुपमा कार्यरत घटनापछि फरार रहँदै आएका थिए |  गत जेठ १४ गते बस्नेतले घरको कोठामा सुतिरहेको अवस्थामा राति युवतीमाथि बलात्कार गरेको ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेले बताए | कोठाको ढोका फुटाएर भित्र पसी मुख समेत थुनेर बोल्न नदिइ उनले बलात्कार गरेको पिडितको आरोप छ | घटना पछि उनी  भारतको विभिन्न क्षेत्रमा लुकीछिपी बसेको र पछिल्लो समय त्यहाँबाट फर्किएर वैदेशिक रोजगारीको नाममा कुवेततर्फ भाग्दै गरेका थिए |

ब्यूरोले पक्राउ गरेपछि सोमबार जिल्ला प्रहरी कार्यालय धादिङ पठाइए छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!