अछाममा वडाअध्यक्षको हत्या,अनुसन्धानका लागि धनगढीबाट तालिमप्राप्त कुकुर लगिंदै

Posted on: 04 Feb, 2020

माघ २१, अछाम | अछाममा  मृत फेला परेका पञ्चदेवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर धामीको हत्या भएको आशंका गरिएको छ | मंगलबार बिहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा उनको शव फेला परेको हो |

गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ |  आज बिहान साढे ६ बजे जानकारी प्राप्त गरेपछि जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीसहितको टोली घटनास्थलमा पुगेको छ |

अनुसन्धानका लागि नगढीबाट तालीमप्राप्त कुकुरसहितको टोली आइरहेको छ | घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर सहितको टोली पठाईसकेको सुदूरपश्चिम प्रदेशका निमित्त प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक देववहादुर बोगटीले  बताए |

मृतक धामी शिक्षक पेशाबाट राजीनामा गरी नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!