डोटीकी सुत्केरी महिलाको सेनाको हेलिकोप्टर मार्फत धनगढीबाट उद्दार

Posted on: 04 Feb, 2020

माघ २१, धनगढी | डोटीको  सिलगढी नगरपालिकाकी २५ वर्षीया अरुणा भण्डारीको नेपाली सेनाको हेलिकोप्टर (स्काई ट्रक) मार्फत् उद्धार गरिएको छ | शनिबार राती सिलगढी अस्पतालमा अप्रेसनमार्फत् बच्चा जन्माएकी उनको स्वास्थ्यमा समस्या आएपछि आइतबार सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएको थियो |

धनगढीमा उपचार सम्भव नभएपछि आज मंगलबार सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीको पहलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हेलिकोप्टरमार्फत् उद्धार गरी काठमाडौँ  लागेको हो | अप्रेसन गरी निकालिएको बच्चाको अवस्था भने सामान्य रहेको छ |

३ दिनदेखि सेती प्रादेशिक अस्पतालको आईसीयूमा रहेकी उनको उद्धारको पहल सोमबारबाटै थाले पनि आज मंगलबार मात्रै प्रयास सफल भएको सामाजिक विकासमन्त्री सुवेदीले बताए | प्रादेशिक अस्पतालहरुमा दक्ष चिकित्सकको अभाव र  विकटताका कारण सुदुरपश्चिममा स्वास्थ्य उपचारमा समस्या भएको छ |

हालसम्म मन्त्रालयको पहलमा प्रदेशका पहाडी जिल्लाबाट ७ जना सुत्केरी महिलाको उद्धार छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!