रामेछापमा जापानिज इन्सेफ्लाइटिस विरुद्ध खोप अभियान हुने

Posted on: 02 May, 2016

प्रज्वल पौडेल/ बैशाख २०, रामेछाप । रामेछाप जिल्लामा जापानिज इन्सेफ्लाइटिस भाइरस विरुद्ध खोप अभियान हुने भएको छ । वैशाख २६ र जेठ ३ गते गरी दुई चरणमा खोप अभियान सञ्चालन हुने जिल्ला जनस्वास्थ्य कार्यालयले सोमबार पत्रकार सम्भेलन गरि जानकारी दिएको छ । | रामेछापका ५ सय ५ खोपकेन्द्र मार्फत् १५ वर्ष मुनिका बालबालिकालाई भाइरस विरुद्धको खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख प्रकाश प्रसाद शाहले जानकारी दिनुभयो । शाहाका अनुसार पहिलो चरणमा वैशाख २६ गतेदेखि जेठ २ गतेसम्म मन्थली, भलुवाजोर, खिम्ती, फर्पूसहित २७ गाविसमा र दोस्रो चरणमा जेठ ३ गतेदेखि भटौली, सुनारपानी, सुकाजोर, तिल्पुङसहितका २८ गाविसमा खोप दिइनेछ ।

लामखुट्टेको टोकाइबाट सर्ने यो भाइरस लागेका बालबालिकामा मूच्र्छा पर्ने, काम्ने, अरुचि, ज्वरो लगायतका लक्षण देखापर्ने र समयमै उपचार हुननसक्दा मृत्युसम्म हुनेभएकाले जेइ खोप अनिवार्य लगाउन साहले आग्रह गर्नुभयो । १ वर्ष माथिका उमेर समूहका लागि यो खोप अभियान नै अन्तिम भएको जनस्वास्थ्य प्रमुख शाहले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!