१६ बर्षिया छोरीलाई घरभित्रै बन्धक बनाएर बलात्कार

Posted on: 05 Feb, 2020

माघ २२, पर्सा | आफ्नै बुबाले १६ बर्षिय छोरीलाई बलात्कार गरेका छन् | पर्साको पोखरियामा छोरीलाई घरमै बन्धक बनाई बलात्कार गरेको आरोपमा बुबालाई पक्राउ गरेको छ | जिल्लाको पोखरिया नगरपालिका–४ सतवरियाका ४० वर्षीय पुरुषलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए |

पिडित किशोरीका अनुसार शुक्रबारदेखि आफ्नै घरभित्र धम्की देखाएर बलात्कार गरेको हो | पीडितको मौखिक उजुरीपछि उनका बाबुलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ | ती पुरुष पहिले पनि विभिन्न अपराधिक गतिविधिमा जोडिने गरेको स्थानीयले बताएका छन् | घर नजिकै गाउँमा एक व्यक्तिको मृत्यु भएपछि हेर्न जाने बहानामा किशोरी घरबाट फुत्किएर इलाका प्रहरी कार्यालय पोखरिया पुगेर प्रहरीलाई जानकारी दिएको खुलासा भएको छ |

उजुरीलगत्तै प्रहरीले अभियुक्त र उनकी श्रीमती निगरानीमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ | किशोरीको स्वास्थ्य परीक्षण गराउने काम भइरहेको छ। रिपोर्टका आधारमा थप प्रकृया अगाडि बढ्ने प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!