बाजुरामा भाइरल ज्वरोका कारण अर्को एकको मृत्यु,दर्जन बढी बिरामी

Posted on: 05 Feb, 2020

माघ २२, बाजुरा | भाइरल ज्वरोका कारण बाजुरामा फेरी अर्को एक जनाको पनि मृत्यु भएको छ | जिल्लाको स्वामीकार्तिक खापर गाँउपालिकामा ७० वर्षजतिका दलबहादुर रावलको मृत्यु भएको हो |

मंगलबार बिहान स्वामीकार्तिक खापर गाँउपालिका–१ की अन्दाजी ५५ वर्षकी मिमा खडाराको मृत्यु भएको थियो | फेरी बुधबार जतिका दलबहादुर रावलको मृत्यु भएको हो | गाउँपालिकाको वडा नम्बर एकका विभिन्न स्थानमा सिजनल फ्लू भनिएको भाइरल ज्वरोका कारण २ सय १५ जनाभन्दा बढी बिरामी रहेको गाउँपालिकाका सूचना अधिकारी कुमेरबहादुर शाहीले जानकारी दिए |

अहिले १५/२० जनाको बिरामीहरुको गाउँपालिकाको स्वास्थ चौकीमा उपचार भइरहेको उनले बताए। सिङ्गो गाउँ नै बिरामी पर्न थालेपछि स्वास्थ्यकर्मीलाई उपचार गर्न समस्या भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!