गुल्मीमा बलात्कारको आरोपमा ४ जना पक्राउ

Posted on: 06 Feb, 2020

माघ २३, गुल्मी | गुल्मीमा दुई छुट्टा छुट्टै बलात्कारका घटनामा चारजना पक्राउ परेका छन् |  ईस्मा गाउँपालिका वडा नम्वर ६ अमरपुरमा ६८ बर्षीया बृद्धालाई बलात्कार गरेको अभियोगमा ४२ वर्षीय स्थानीय भिमप्रकाश पोखरेल पक्राउ परेका छन् |

उनले माघ १२ गते दिउँसो करिव १ बजे बलात्कार गरेको पिडितको आरोप छ | त्यस्तै जिल्लाको मुसिकोट नगरपालिका–७ बडिगाड खोलाको डल्लेनहरमा माघ १९ गते स्थानीय १५ वर्षीय किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् |

किशोरी सामूहिक बलात्कार मुद्दामा सोही वडाका ३१ बर्षीय चुराबहादुर कुमाल, १९ वर्षीय टेकबहादुर कुमाल र बाग्लुङ्ग बडिगाड गाउँपालिका–४ का १९ वर्षीय सोनु दगामी घर्ती मगर पक्राउ परेका छन् | भने 

६८ वर्षीया वृद्धा बलात्कारका आरोपित भीमप्रसाद पीडितकै नातेदार रहेका छन् | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!