बँदेलको आक्रमणबाट डोटीमा एक महिला घाईते

Posted on: 10 Feb, 2020

माघ २७, डोटी | डोटीमा बँदेलको आक्रमणबाट महिला घाईते भएकी छिन | घाइते हुनेमा जिल्लाको केआइसिंह गाउँपालिका-७ की तुल्छी भण्डारी रहेकी छिन् |

कुराउलो सामुदायिक बनको बाटो हुँदै शिखर नगरपालिका- १ कपल्लेकी आफन्तको घर जाँदै गरेको अवस्थामा आइतबार बँदेलले आक्रमण गरेको हो | गम्भिर घाइते भएकी भण्डारीको राजपुर स्थित सुजंङ्ग अस्पतालमा उपचार भईरहेको छ |

आक्रमणबाट घाइते महिलाको अनुहार क्षतविक्षत भएको सुजङ्ग अस्पतालका डाक्टर मोहन पुजारीले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!