सीसीटीभी फुटेजमा भेटियो कामदारले नै पूर्वसचिव कार्कीकी श्रीमतीको हत्या गरेको

Posted on: 10 Feb, 2020

माघ २७, काठमाडौँ | नेपाल सरकारका पुर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको सोमबार बिहान उनकै घरका कामदारले हत्या गरेको भेटिएको छ | घरमा रहेको सिसिटिभी फुटेजमा उनकै घरका कामदार बिजय चौधरीले हत्या गरेको पाइएको हो |

कार्की एक्लै भएको बेला भान्छा कोठामा पछाडी फर्केको अवस्था छोपेर कामदार विजयले डोरीले घाँटीमा कसेर भुइँमा लडाएको र पिर्काले हिर्काएको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले बताएको छ | सोमबार बिहान बिहान १० बजेर ८ को समयमा उनले उक्त घटना घटाएको खुलेको छ | 

कार्की माथि आक्रमण गरेपछि आफुले आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ | चौधरीको शरीरमा कुनै चोट लागेको छैन भने उनको शव माथि डोरी पनि झुन्डिएको अवस्थामा फेला परेको थियो | दाङ घर भएका २२ बर्षिय चौधरीले किन कार्कीको हत्या गरे र आफैले आत्महत्या गरे भन्ने खुलेको छैन | 

उनी ललितपुरको सानेपा स्थित आफ्नै निवासमा सोमबार बिहान रगतले लतपतिएको अचेत अवस्थामा भेटिएकी थिइन् | भने विजय मृत अवस्थामा फेला परेका थिए |

पूर्वसचिव अर्जुन कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको बेला घरमा घटना भएको थियो | कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् |

घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन् | कार्कीले पशुपतिबाट घर फर्केपछि श्रीमती मुनालाई अचेत रक्ताम्य अवस्थामा फेला पारेका थिए | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!