कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ

Posted on: 10 Feb, 2020

माघ २७, कञ्चनपुर | कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ परेका छन्। प्रहरीले जिल्लाको लालझाडी गाउँपालिका– १ बिनवारीबाट ५ ग्राम खैरो हिरोइनसहित कृष्णपुर नगरपालिका– ७ का २४ वर्षीय अनिलजंग खड्का र कैलालीको गोदावरी नगरपालिका– २ का २५ वर्षीय गणेश महरालाई नियन्त्रणमा लिएको हो | 

उनीहरुलाई गएराती से५प ७०५० नम्बरको मोटरसाइकलमा गइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्र नाथ पौडेलले बताए |

पक्राउ परेका दुवैजना माथी थप अनुसन्धान भइरहेको उनले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!