भक्तपुरमा ४ दिने युथ स्प्रीचुअल हेपिनेश क्याम्प संचालन हुने

Posted on: 11 Feb, 2020

माघ २८, काठमाडौं । डिभाईन युथ क्लव नेपालले भक्तपुर ठिमी, राधे राधे स्थित श्यामाश्याम धाममा क्लवको स्थापना दिवसको अवसरमा चार दिवशीय युथ स्प्रीचुअल हेपिनेश क्याम्प सन्चालन गर्ने भएको छ ।

फाल्गुन २ देखि ५ गतेसम्म सन्चालन हुने उक्त क्याम्पको अवसरमा युवाहरुलाई भौतिक र अध्यात्मिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुद्वारा जीवनमा कसरी सफलता हाँसिल गर्ने र कसरी तनाबमुक्त भई दैनिक जिवनयापन गर्ने भन्ने विषयमा प्रशिक्षण दिइने क्लवले जनाएको छ । क्याम्पको अवसरमा युवाहरुको लागि व्यक्तित्व विकासमा सहायक जीवन उपयोगी तालिम, योग अभ्यास, ध्यान, सास्कृतिक कार्यक्रम, समुहगत छलफल लगायतका कार्यक्रम सन्चालन गरिने जनाइएको छ । 

त्यसैगरि क्याम्पमा सहभागीहरुको नि:शुल्क स्वास्थ्य जाँच, नेपाल भ्रमण बर्ष २०२० लाई प्रवर्धन गर्न पर्यटकीय क्षेत्रहहरुको अवलोकन भ्रमण समेत कार्यक्रम क्याम्पको अवसरमा सन्चालन गरिने क्लवले जनाएको छ ।

१६ देखि ४० बर्ष उमेर समुहका युवाहरुले सहभागिता जनाउन सक्नेछन् । उक्त क्याम्पमा नेपालका ६५ भन्दा बढि जिल्लाबाट साथै भारत र अमेरिकामा बसोबास गर्ने नेपाली युवाहरु गरि ५०० बढि युवाहरुले सहभागिता जनाउने क्लवले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!