सिन्धुपाल्चोकमा २ सय बढी जनामा कोरोनाभाइरसको आशंका,विशेषज्ञको टोली पठाउन आग्रह

Posted on: 12 Feb, 2020

माघ २९, काठमाडौँ | सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ को बस्तीमा कोरोना भाइरससंग मिल्दोजुल्दो लक्षण भएका २ सय जनामा स्वास्थ्य समस्या देखिएको छ | गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार गएको बिहीबारदेखि कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोको समस्या देखिएको हो |

जिल्लाको जुगल गाउँपालिकाले रोग पहिचानका लागि विशेषज्ञ टोली पठाउन प्रदेश ३ सामाजिक विकास मन्त्रालय, प्रशासन र स्वास्थ्य कार्यालयमा अनुरोधसहित पत्र पठाइएको  छ | चिनको हुवानबाट देखापरेको कोरोना भाइरसले विश्व्यापी रुप लिएको छ | 

कोरोना भाइरस हाल सम्म विश्वका करिब दुई दर्जन भन्दा बढी देशमा फैलिसकेको छ | विश्व स्वास्थ्य सङ्गठनले विश्व स्वास्थ्य आपत्काल समेत घोषणा गरिसकेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!