भुकम्पपीडित लाभग्राही सूचीमा नपरेको भन्दै ज्ञापन पत्र

Posted on: 02 May, 2016

प्रज्वल पौडेल/ वैशाख २०, रामेछाप । रामेछाप मन्थली नगरपालिका वडा नं. १५ र १६ का स्थानीयहरुले आफूहरु भुकम्पपीडित लाभग्राही सूचीमा नपरेको भन्दै जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । स्थानीय विश्वकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले १ सय ७ घर भुकम्पपीडितलाई सूचिमा नपारिएको उल्लेख गर्दै राज्यको सेवाबाट वञ्चित गर्न नपाइने माग सहितको ज्ञापन पत्र बुझाएका हुन् ।

वास्तविक भत्किएर टहरामा बसोबास गरिरहेका पिडितहरुको नाम लाभग्राहि सूचीमा नरहेको तर काठमाण्डौ लगाएत अन्य विभिन्न स्थानमा बसोबास गर्ने व्यक्तिहरुको नामावली भने रहेको स्थानीय समाजसेवी लब श्रेष्ठले बताउनुभयो । उहाँले सामाजिक परिचालक र इन्जिनियरहरुले ध्यान नपु¥याएका कारणले यस्तो भएको बताउनुभयो । माग सम्बोधन नभए कडा संघर्षमा उत्रिने पीडितहरुले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!