उर्जा खपत विस्तार सुस्त

Posted on: 14 Feb, 2020

फागुन २, काठमाडौं ।चालू आर्थिक वर्ष २०७६/७७ भित्र प्रतिव्यक्ति ऊर्जा खपत वार्षिक १८१ किलोवाट प्रतिघण्टा (युनिट) बढाउने लक्ष्य लिएकोमा पहिलो छ महिनामा २२ युनिट बढेको पाइएको छ । 

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा अहिले प्रतिव्यक्ति ऊर्जा खपत २६७ युनिट पुगेको छ । गत असार मसान्तसम्म यस्तो आँकडा २४५ युनिट थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वार्षिक कार्ययोजनाअनुसार पहिलो चौमासिकमा २५ युनिट र दोस्रो चौमासिकमा १८ युनिट थप गर्ने लक्ष्य छ । 

यस आधारमा लक्ष्यअनुसार छ महिनामा करिब ३४ युनिट बढ्नुपर्ने थियो । कार्ययोजनामा अन्तिम चौमासमा एकैपटक १३८ युटिन विस्तार गर्ने लक्ष्य राखिएको छ ।

अबको साढे चार वर्ष्भित्र प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत सात सय युनिट पु¥याउने योजना सरकारको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!