नवलपरासी घर भएका असईको जिपले ठक्करदिंदा ज्यान गयो

Posted on: 14 Feb, 2020

फागुन २, काठमाडौँ | जिपको ठक्करबाट एक जना प्रहरी सहयक निरीक्षकको मृत्यु भएको छ | काभ्रेको बनेपा नगरपालिका–१३ स्थित सडकमा बा १९ च १३२३ नम्बरको जिपले शुक्रबार दिउँसो ठक्कर दिँदा प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको मृत्यु भएको हो |

भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ | नवलपरासी घर भएका असई गुरुङ चार वर्षदेखि काभ्रेमा कार्यरत थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!