नेपालटारबाट १६ जना जुवाडे पक्राउ

Posted on: 14 Feb, 2020

फागुन २, काठमाडौँ | तारकेश्वर नगरपालिका वडा नम्वर-११ बाट १६ जना जुवाडेलाई शुक्रबार साँझ प्रहरीले तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको छ । बालाजु प्रहरीको टोलीले सन्तोष पन्तले भाडामा लिएको कोठामा जुवा खेल्दै गरेको अवस्थामा १६ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले जुवा खेल्दै गरेको थाहा पाएपछि उक्त घरमा छापा मारेको थियो । घरको सबैभन्दा माथिल्लो तलामा कोठा थुनेर तास खेलिरहेकाहरुले प्रहरी आएको थाहा पाएपछि तास छतबाट बाहिर फालेका थिए । प्रहरीका अनुसार केहि बुक तास च्यातेर ट्वाइलेटमा फ्लस गरेको हुनसक्ने आशंका गरिएको छ । उनीहरुबाट बरामद गरिएको रकम के कति छ गन्न बाँकी रहेको बालाजु प्रहरीले जानकारी दिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!