१४ बर्षिया किशोरीमाथि बलात्कार

Posted on: 18 Feb, 2020

फागुन ६, काठमाडौं |  झापाको कचनकवलमा १४ बर्षिया किशोरीमाथि बलात्कार भएको छ | जबर्जस्ती करनी गरेको अभियोगमा प्रहरीले सप्तरी तेरहौता-१ बस्ने २६ वर्षीय बिक्रम ठाकुरलाई सोमबार साँझ पक्राउ गरेको छ |

प्रहरी चौकी केराबारीबाट खटिएको प्रहरीले  ठाकुरले ती बालिकालाई जबरजस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरेको हो | त्यस्तै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको  आरोपमा रुपन्देहीमा पनि  ३ जनालाई प्रहरीले पक्राउ गरेको हो |

पक्राउ पर्नेहरुमा सम्मरीमाई गाउँपालिका-१ थुमुवापिप्रहवा बस्ने २३ वर्षीय बृजेश त्रिपाठी, २२ वर्षीय पंकज तिवारी र जयवन्त कहांर रहेका छन् | ईलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको प्रहरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरेको हो | 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!