डोटीमा अज्ञात समूहद्धारा दुई डोजरमा आगजनी

Posted on: 20 Feb, 2020

फागुन ८, डोटी | डोटीमा अज्ञात समूहद्धारा डोजरमा आगजनी भएको छ | जिल्लाको सायल र आदर्श गाउँपालिका डोजरमा अज्ञात समूहले आगजनी गरेको हो | 

सायल गाउँपालिका वडा नम्बर १ छपालीमाबाटो सफा गर्दै गरेको गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटर र आदर्श गाउँपालिका वडा नम्बर ३ काँडीस्याउलेमा रहेको आन्टीनेन्टल टे«डिङ ईन्टरप्राईजेज काठमाण्डौंको बा १ क २१५९ नम्बरको डोजरमा बुधबार राती अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक दिलिप सिंह देउवाले बताए |

गाउँपालिकामा काटिएको शाखाबाटो मर्मत तथा सफा गर्ने क्रममा छपालीमा रहेको गाउँपालिकाको डोजरमा मध्यराती आगजनी गरिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए | गाउँपालिका तथा प्रहरीको टोली घटनास्थल तर्फ प्रहरी गईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ |

एकै समयमा दुई वटा ठाउँमा आगजनी हुनुले प्रतिबन्धित बिप्लब नेतृत्वको नेकपाको संलग्नता हुन सक्ने आशंका गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!