नुवाकोटमा बस दुर्घटना,८ जना घाइते

Posted on: 20 Feb, 2020

फागुन ८, नुवाकोट  | नुवाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् | जिल्लाको पञ्चकन्या गाउँपालिका-४ आरुखड्कबाट काठमाडौं आउँदै गरेको बा २ ख ६७४० नम्बरको बस दुर्घटना भएको हो |

विहिबार भएको उक्त दुर्घटनामा बस सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ | जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ | उनीहरूको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको छ |

सबै सामन्य घाइते रहेको र उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा  उपचार भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!