सुदूरपश्चिममा बर्षा, यस्तो छ मौसम पुर्वानुमान

Posted on: 21 Feb, 2020

फागुन ९, काठमाडौँ | पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले आज देशभर सामान्य बदली रहेको छ भने सुदुरपश्चिमका विभिन्न स्थानमा बर्षा भएको छ | मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ |

पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा र पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ | त्यस्तै शनिबार देशभर आँशिक देखि सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरु र पश्चिमी पहाडका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!