शिवरात्री मनाउँन डोरी टाँगेर सहयोग माग्दै गरेका बालकलाई बसले ठक्कर दिँदा मृत्यु

Posted on: 21 Feb, 2020

फागुन ९, दोलखा | दोलखामा शिवरात्री मनाउन सहयोग उठाइरहेका बालकको बसको ठक्करबाट ज्यान गएको छ | जिल्लाको कालिञ्चोक गाउँपालिका यात्रुबहाक बसले ठक्कर दिंदा मृत्यु भएको हो | 

दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठक्करबाट कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का स्थानीय बालक पुजन थामीको मृत्यु भएको प्रहरीले जनाएको छ |

प्रहरीका अनुसार शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै आइरहेका थामीलाई बसले ठक्कर दिएको हो | थामीलाई बसको पछाडितर्फको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको छ | प्रहरीले ठक्कर दिने बस र चालकलाई  नियन्न्त्रणमा लिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!