दैलेखमा चट्याङ: दुई जना घाइते

Posted on: 21 Feb, 2020

फागुन ९, दैलेख | दैलेखमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ११ बजे नारायण नगरपालिका–१ पुरानो बजारस्थित ४९ वर्षीया लुरी सार्की घर नजिकैको बकाइनाको रुखमा चट्याङ पर्दा घाइते हुनुभएको हो ।

चट्याङको झिल्कोले बायाँ हातमा थोरै चोट लागेको सार्कीको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख (डएसपी) हरिबहादुर वलीले बताउनुभयो । 

यस्तै गुराँस गाउँपालिका– ८ लालिकाँडा नन्दराम खड्काकी नातिनी १८ वर्षीया सपना खड्का चट्याङ पर्दा घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!