थापाको श्रद्धाञ्जली सभा सम्पन्न

Posted on: 02 May, 2016
प्रज्वल पौडेल /वैशाख २०, रामेछाप । रामेछाप जिल्लाको गेलुस्थित शारदा उच्चमाविमा सोमबार श्रद्धाञ्जली सभा गरिएको छ । यही वैशाख ७ गते सवारी दुर्घटनामा सदरमुकाम मन्थलीमा निधन भएका विद्यालयका पूर्व प्रधानाध्यापक तथा ठोसे स्रोत केन्द्रका स्रोत व्यक्ति भीमबहादुर थापाको स्मृतिमा श्रद्धाञ्जली सभा गरिएको हो । शारदा उच्चमावि प्राङ्गणमा भएको सभामा विद्यार्थी, शिक्षक, अभिभावकलगायतले स्वर्गीय थापाले गेलु र रामेछापको शैक्षिक विकासमा पुर‍्याएको योगदानको चर्चा गरिएको थियो । थापाले गेलुको भौतिक र सामाजिक विकासमा पनि निरन्तर योगदान गरेको सो अवसरमा विद्यालयका प्रधानाध्यापक श्यामनन्दन शाहले बताउनुभयो

यस बिषयमा तपाइको प्रतिक्रिया...!