बैतडीमा जिप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

Posted on: 23 Feb, 2020

फागुन ११, बैतडी | बैतडीमा जिप दुर्घटना हुँदा दुईजना गम्भीर घाईते भएका छ | जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ धुरामा गएराती से १ ज २१३ नंम्बरको जिप दुर्घटना हुँदा चालक सहित दुईजना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ |

दुर्घटनामा परि घाईते हुनेमा पाटन नगरपालिका ८ आरुबाटाका अन्दाजी २६ वर्षीय गणेश महरा र पाटन नगरपालिका  ८  रिसेडीका २३ वर्षीय चालक लोकेश मडै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ |

दुर्घटनाको कारण भने खुलेको छैन | घटनामा गम्भीर घाईतेहरुलाई उपचारका लागि धनगढी रेफर गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!