पर्वत मिलन महिला समुहको अध्यक्षमा सिता श्रेष्ठ

Posted on: 23 Feb, 2020


पर्वत । पर्वत मिलन महिला समुहको अध्यक्षमा सीता श्रेष्ठ चयन भएकी छिन् । पर्वत मिलन महिला समुहको १८ र्औ साधरणसभा तथा ९ औं अधिवेशनबाट सीता श्रेष्ठको नेतृत्वमा  १५ सदस्यीय नयाँ कमिटी बनेको छ ।

समितिको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा सीता शर्मा, कोषाध्यक्षमा रेशकुमारी नेपाली  र सहसचिवमा रुविना पौडेलन चयनभएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा  गुमा श्रेष्ठ, ज्ञानु श्रेष्ठ, प्रभा श्रेष्ठ खड्का, राममाया श्रेष्ठ, सीता सुवेदी, अस्मिता श्रेष्ठ, ज्योति श्रेष्ठ, विष्णु श्रष्ठ, सोनु श्रेष्ठ र सावित्रि मालेपति चयन भएका छन् ।

मिलन महिला समुहका १८ औं साधरणसभाको उद्घाटन गर्दै कुश्मा नगरपालिका वडा ५ की अध्यक्ष चित्रकला भारतीले महिला समुहले सामाजिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा आफूलाई अग्रसर गर्दै महिला दिदीबहिनीहरुलाई एकिकृत गरी जुझारु बनाउन क्रियाशिल रहेको भन्दै प्रंसशा गरिन । महिलाहरुलाई नेतृत्वदायी भूमिकामा स्थापिता गराउनको लागि महिलासमुहले महिलाहरुको शसक्तिकरणमा जोड दिएको बताइन । उनले अब महिलाहरुलाई नेतृत्वदायी स्थापनमा पु¥याउनको लागि आवश्यक पहल कमदी महिलासमुहबाट हुनेमा उनले विश्वास व्यक्त गरिन ।


कार्यक्रममा  पर्वत मिलन क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठ, महिला समुहका सल्लाहकार विष्णुप्रसाद नेवार, सिसेफ नेपालका संस्थापक अध्यक्ष टंक लामिछाने, सिसेफ महिला समुहकी अध्यक्ष देवी श्रेष्ठ र धौलागिरी महिला समुहकी अध्यक्ष सीता शर्माले आफ्नो शुभकामना मनतव्य राखेका थिए ।

पर्वत मिलन महिला समुहकी अध्य्रक्ष  राजकुमारी श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष सिता श्रेष्ठले र संचालन सचिव लक्ष्मी श्रेष्ठले गरेकी थिइन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!