बर्दी लगाएर पेस्तोल नचाउँदै टिकटकमा भिडियो सार्वजनिक गर्ने प्रहरीलाई झिकाइयो

Posted on: 23 Feb, 2020

फागुन ११, काठमाडौँ | सामाजिक संजाल टिकटकमा प्रहरी कार्यालय भित्रै बर्दीमै पस्तोल खेलाउंदै  टिकटक बनाउने प्रहरी सईलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी बोलाइएको छ | भक्तपुरमा कार्यरत प्रहरी सई रत्नबहादुर थापा र उनकी श्रीमतीको बर्दीमै टिकटक भिडिओ सार्वजनिक भएपछि डिआइजी विश्वराज पोखरेलले कार्यलयमा बोलाएका हुन् |

दुवै प्रहरीलाई कार्यालय बिलाएको र उपस्थित भएपछि गतिविधि बुझेर कारवाही गरिने उनले बताएका छन् | आफूलाई पनि समाचारमा हेरेर मात्र थाहा भएको बताउंदै उनले भने,'म टिकटक चलाउदैंन' दिलुमागर ९१ अकाउन्टबाट दुईवटा टिकटक भिडियो सार्वजनिक भएका थिए |

एउटा भिडियोमा दिलु मगरले पेस्तोल हातमा खेलाउंदै अभिनय गरेको र अर्को भिडियोमा रत्नबहादुर र दिलुसँगै बसेर खिचिएको देखिएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!