पूर्वअसईले गरे महिला सहकर्मीमाथि बलात्कार

Posted on: 24 Feb, 2020

फागुन १२, काठमाडौं | ९ महिनाअघि आफूलाई बलात्कार गरेको भन्दै एक महिलाले दिएको जाहेरीका आधारमा पूर्वअसईलाई प्रहरीले पक्राउ गरेको छ | 

ति महिलाले राजेनद्र  राईविरुद्ध महिला तथा बालबालिका सेल, कालीमाटीमा जाहेरी दिएपछि पक्राउ गरिएको महानगरीय प्रहरीले जनाएको छ | सहकर्मीमाथि बलात्कार गरेको आरोप लागेपछि राईले यही फागुन १ गते राजीनामा दिएका थिए | 

राजीनामा दिनेबेला उनी प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयमा कार्यरत थिए | उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!