बच्चा बोकेकी महिलामाथि पुरूष इन्स्पेक्टरकोले यसरी गरे लाठीचार्ज

Posted on: 28 Feb, 2020

फागुन १६, काठमाडौँ | बच्चा बोकेकी महिलामाथि नेपाल प्रहरीका इन्स्पेक्टर देवीप्रसाद पौडेलले लाठि हानेका छन् | पौडेल प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत छन | नेपाली सेनाका पूर्वजर्नेल हेम खत्री र माला शाह महिलाबीच भएको विवादका क्रममा उनले अर्की महिलालाई लाठीचार्ज गरेका हुन् |

इन्स्पेक्टर पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेका छन् | यतिबेला सामाजिक सन्जालमा उनको भिडियो निकै भाइरल बनेको छ |  महिलाहरूले घरमा तोडफोड गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताएका छन् |

खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै माला शाह उनको घर गएकी थिइन् | घरबाहिर महिलाहरू भेला भएको देखेपछि खत्रीले प्रहरीलाई खबर गरेपछि  प्रहरी खत्रीको घरमा आए | 

सोहि क्रममा खत्रीको घर अगाडी आएका महिलालाई हटाउन खोज्दा नमानेपछि बलप्रयोग गरेर लाठिचारेज गरेका छन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!