‘पार्टी फुट्छ भन्नु निराधार’

Posted on: 29 Feb, 2020

 फागुन १७, अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताउनुभएको छ । 

धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीभित्रको बहसमा फरक विचार आउनु स्वभाविक भएकाले त्यसले पार्टी फुट्छ भन्नु निराधार भएको बताउनुभयो ।

उहाँले कार्यकर्ताले निराश हुनुभन्दा ठिक बेठिक छुट्याएर अघि बढ्नुपर्ने उल्लेख गर्दैै विधान र पद्धतीअनुसार चल्नुपर्नेमा जोड दिनुभयो ।

एक अर्को प्रशङ्गमा नेता रावलले एमसिसीमा जनताको चासो बढेकामा खुशी व्यक्त गर्नुभयो । उहाँले एमसिसीबारे तयार पारिएको प्रतिवेदनलाई अन्तिम रुप दिन पार्टीले कार्यदल गठन गरेका आधिकारीक धारणा केही दिनभित्रै आउने बताउनुभयो । उहाँले राष्ट्रियसभा सदस्यबारे पार्टीको बैठकले गरेको निर्णय सबैले मान्नुपर्ने बताउनुभयो । केन्द्रीय कमिटिको बैठकले गरेका निर्णय सबैले मान्नुपर्ने पार्टीको विधानमा रहेको उहाँको भनाइ छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!