बाँझकटेरी हत्या काण्डको रहस्य खुल्यो

Posted on: 16 Jul, 2016

प्रेम सुनार/साउन १, गुल्मी । विहिवार राती गुल्मीको बाँझकटेरी हत्या काण्डको रहस्य प्रहरीले २४ घण्टा नपुग्दै  खुलासा गरेको छ । बाँझकटेरी–१ का ५८ वर्षिय छत्रबहादुर सेन ओलीको हत्या गर्ने हत्या अभियोगी छिमेकी जिल्ला प्युठनाका दुई जना भएको प्रहरीले खुलासा गरेको हो ।


 हत्याको खवर पाउन साथ  घटना स्थल पुगेका जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले ति दुई जना दिपक गिरी र लेखनाथ गिरी रहेको बताए । ति मध्ये दिपक  साथीको प्रहारबाट गम्भीर घाईते भई लुम्विनी अञ्चल अस्पतालमा उपचार गराई रहेको पत्तो पाए पछि त्यहाँ प्रहरीको निगरानी बढाईएको र अर्का लेखनाथ प्युठानमै रहेकोले त्यहाँको प्रहरी संग सवन्व्य गरी गुल्मी झिकाउन लागिएको एसपी रावलले जानकारी दिए । यसपी रावलको टोली सम्भवतः आज राती सम्म सदरमुकाम आउन नभ्याउने बताईएको छ ।  


   गएराती साढे १ वजेको समयमा ति दुई जनाले वास बस्न दिनुस भनेर ढोका खोल्न लगाएका थिए ।  भित्र पसे लगत्तै ओलीकी श्रीमति खगीश्वराको कानको माडवरी र तिलहरी लुटने क्रममा लुटेराहरुबाट श्रीलिलाई वचाउने खोज्दा उनिहरुले ओलीलाई खुकुरी प्रहार गरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!