रामेछापमा बस दुर्घटनाबाट जोगीयो

Posted on: 06 May, 2016

प्रज्वल पाैडेल ,  बैशाख २४ / रामेछाप रामेछापको धोवि दिलौरी सडकखण्डमा विहिबार  अरनिको यातायातको बस दुर्घटना हुनबाट जोगीएको छ । काठमाण्डौबाट सैपू जादै गरेको बा ३ ख २२९९ नं को यात्रुबाहकबस  सडकमा लगाइएको गाह्रो भत्किएपछि पछाडि पट्टीका टायर सडकमुनि पुगेका थिए ।

bus saipu 1

बेलुकि ५ बजेतिर सडकबाट खसेको सो बसलाई मन्थलीबाट जेसिवी डोजर लगेर शुुक्रबार आज विहान २ः३० बजे निकालेर धोवि ल्याइएको स्थानीय शिक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो । 

bus saipu 3

   उहाँका अनुसार बस गुड्दा गुड्दै सडक भासिएर, भत्किन लागेपछि बसमा सवार यात्रु र ड्राइभर ओर्लिएका थिए  ।भुकम्पपछि बन्द रहेको सो सडक खण्डमा केहि समय अगाडि मात्र सवारीसाधन चल्न थालेका हुन् । ग्रामीण भेगका सडकमा ठेकेदारको लापरबाहीले सडकमा गुणस्तरीय काम नहुँदा जोखिम बन्दै गएको छ । 

bus
saipu 5

यस बिषयमा तपाइको प्रतिक्रिया...!