कोरोनाभाइरसको आशङ्कामा शुक्रराज ट्रपिकलमा भर्ना हुनेको संख्या पाँच पुग्यो

Posted on: 02 Mar, 2020

फागुन १९, काठमाडौँ | कोरोनाभाइरससँग मिल्दो जुल्दो लक्षण भएका ५ जना व्यक्तिहरु कोरोनाको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा भर्ना भएका छन् | सोमबार बिहान सम्म पाचजना अस्पताल भर्ना भएको अधिकारीहरूले बताएका छन् |

चीन र दक्षिण कोरियाबाट फर्किएका उनीहरू ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएको डा. वासुदेव पाण्डेले बताएका छन् | उनीहरु "शङ्कास्पद बिरामी"को मापदण्डमा परेकाले निगरानीमा राखिएको उनले बताए |

चिनको हुवान प्रान्तबाट सुरु भएको उक्त भाइरस विश्वका अन्य देशहरुमा फैलिएसंगै नेपालले पनि थप सतर्कता अपनाएको छ | नेपालमा झन्डै सात हप्ताअघि एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो | त्यसपछि भने कसैमा देखापरेको छैन |

उनीहरु सोझै विमानस्थलबाट अस्पताल नआएर ज्वरोको लक्षण देखिएपछि घरैबाट आएको डाक्टरको भनाई छ | दुई जना आइतबार,दुइजना गतहप्ता र एक जना आज अस्पताल भर्ना भएका हुन् | कोरोनाभाइरसको सङ्क्रमण भएको देशबाट फर्किएका र कडा रुघा र ज्वरोको लक्षण देखिएकाले भर्ना भएका व्यक्तिहरुलाई निगरानीमा राखिएको बताइएको छ |

हाल सम्म कोरोनाभाइरस्को सक्रमणबाट विश्वभरी ३ हजार भन्दा बढीको ज्यान गैसकेको छ | ६४ भन्दा बढी देशमा भाइरसको सक्रमण फैलिसकेको छ भने झन्डै ९० हजार मानिसमा संक्रमण देखिएको छ | कोरोना भाइरसबाट बच्नकालागि विश्व स्वास्थ्य सङ्गठनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!