त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजान अनुरोध,जानै परे मास्क अनिवार्य लगाउनु पर्ने

Posted on: 02 Mar, 2020

फागुन १९, काठमाडौं | काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यक कामबाहेक नजान र जानै परे माक्स लगाएर मात्र जान नागरिक उड्ययन कार्यालयले आग्रह गरेको छ | कोरोनाभाइरस संक्रमणको खतरा बढेसंगै कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले विज्ञप्ति जारी गर्दै विमानस्थलमा प्रवेश नगर्न आग्रह गरेका हुन् |

बिज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारबाट सार्वजनिक स्थानमा भीडभाड कम गर्न गरिएको आग्रहलाई समेत मध्यनजर गरी सो को नियन्त्रणका लागि यस अन्तर्राष्ट्रिय विमास्नथलबाट आवतजावत गर्नुहुने सबै हवाई यात्रुहरुलाई स्वागत तथा बिदाई गर्न आउनुहुने आफन्तजनलगायत अन्य महानुभावहरुलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिनुहुन र अत्यावश्यक काममा आउनु हुने सबेले मास्क प्रयोग गरिदिनुहुन अनुरोध छ ।”

त्यसका साथै विमास्थलबाट यात्रुहरुको सुविधानको लागि प्रदान गरिँदै आएको भिजिटर पास पनि अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको छ | विश्वभरी कोरोनाको जोखिम बढेसंगै नेपालमा पनि उक्त भाइरसबाट बच्नका लागि सतर्कता अपनाइएको छ | विश्व स्वास्थ्यसङ्गठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!