कोरोनाभाइरसबाट बच्नका लागि भिडभाडमा नजान र होलि नमनाउँन डाक्टरहरुको सुझाव

Posted on: 03 Mar, 2020

फागुन २०,काठमाडौँ | विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको त्रास निकै बढेको छ | उक्त भाइसबाट जोगिन अर्थात सङ्क्रमणलाई मध्यनजर गर्दै नजिकिदै गरेको होलि पर्व नमनाउन डाक्टरहरुले सुझाव दिएका छन् |

सोमबार सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत सम्भावित जोखिमबाट बच्नका लागि होलि नमनाउन आग्रह गरिसकेका छन | औपचारिक रुपामा रंग पर्व होलि सुरु भइसकेको छ | 

काठमाडौँको वसन्तपुरमा हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याउने चलनअनुसार मङ्गलबार बिहान लिङ्गो ठड्याइएको छ | उक्त पर्वमा पानीमा भिज्दा तथा भिडभाडमा रङ‍्ग अबिर दल्दा विशेष ध्यान दिन डाक्टरहरुले सुझाव दिएका छन् | होली पर्वमा एक अर्कालाई अबिर र रङ्ग लगाउँदा वा पानी खेल्दा मानिस मानिसबीचको दूरी नजिक हुने हुँदा रुघोखोकी सर्ने सम्भावना धेरै हुन्छ । यस्तै, हाछ्यूँ गर्दा थुक उछिटेर अरु व्यक्तिमा पनि सर्ने खतरा हुने भएकाले नमनाउन डाक्टरको आग्रह छ |

त्यस्तै होली उत्सव नमनाउन र ठूला जमघट नगर्न,भिडभाडमा नजान भनिएको छ | नेपाल कोरोना भाइरसबाट मुक्त रहेको भन्दै हुनसक्ने संक्रमणबाट जोगाउनका लागि सबै सचेत बन्नुपर्ने र जोखिम बढ्न नदिन सरकारले पनि विभिन्न कदम चालिरहेको मन्त्री प्रदीपकुमार ज्ञवाली बताएका छन् |

भीडभाड र उत्सवमा तीव्र रूपमा फैलिने भएकाले कोरोना भाइरस विश्वभरि नै खतरनाक मानिएको छ | दिनदिनै विश्वभरी कोरोना सक्रमण व्यक्तिहरुको संख्या बढिरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!