दाङमा एकलाख बढी रुपैयाँसहित ७ जना जुवाडे पक्राउ

Posted on: 03 Mar, 2020

फागुन २०, दाङ | दाङमा एकलाख बढी रुपैयाँसहित ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ | जिल्लाको शान्तिनगर गाउँपालिका ३ महादेव चौतारी बस्ने ४० वर्षीय शुकबहादुर बुढाको घरमा सोमबार राति ११ बजेतिर प्रहरीले छापा मारी ७ जना जुवाडे र १ लाख १६५०० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो |

बुढाको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको सयुंक्त टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएपी सुमित खड्काले बताए |

पक्राउ पर्नेहरूमा महादेव चौतारी बस्ने घर मालिक बुढासहित सोही ठाउँ बस्ने ३८ वर्षीय भिमबहादुर कँडेल, २६ वर्षीय मिनबहादुर घिमिरे, ४६ वर्षीय चेतानन्द बस्नेत, ३२ बसन्त थापा, ३० वर्षीय यमबहादुर केसी र तुलसीपुर ८ बस्ने ३८ वर्षीय प्रेम बिक रहेका छन् |

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!