डडेल्धुरामा आयोजित २ दिने पत्रकारको कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न

Posted on: 17 Jul, 2016

असार ३१, डडेल्धुरा | सार्वजनिक निकायलाई नागरिक प्रति जवाफदेहि र जिम्मेवार बनाउने उद्धेश्यले सञ्चालन गरिएको स्थानीय निकाय र मौफसलका आमसञ्चार माध्यमहरुको भूमिका बिषयक २ दिने कार्यशाला गोष्ठी आज डडेल्धुरामा सम्पन्न भएको छ । 

स्थानीय निकाय र स्थानीय तहमा रहेका सार्वजनिक निकायका कामकार्वाही लोकतान्त्रिक पद्धति अनुरुप खुला र पारदर्शि बनाउने अवधारणाका साथ एक कार्यक्रमका बीच गोष्ठी बिहिबार देखि शुरु भएको थियो ।  जिबिस कार्यालय डडेल्धुराको आर्थिक सहयोगमा नेपाल पत्रकार महासघं डडेल्धुरा शाखाले गोष्ठीको आयोजना गरिएको थियो । 

गोष्ठीमा यस क्षेत्रका सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो । गोष्ठीमा स्थानिय निकायमा हुने गरेका बिकास निर्माणका काममा पत्रकारहरुले खेल्नुपर्ने भूमिकाका बारेमा बिशेष जानकारी दिइएकाले गोष्ठी निकै उपलब्धी भएको सहभागिहरुको भनाई थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!