बैतडीबाट बाजुरा तर्फ जाँदै गरेको जिप डोटीमा दुर्घटना, १४ जना घाइते

Posted on: 05 Mar, 2020

फागुन २२, डोटी | डोटीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् |

 बैतडीबाट बाजुरातर्फ गइरहेको से १ ज १६३ नम्बरको जीप बिहीबार बिहान साढे ३ बजे जिल्लाको पूर्वीचौकी गाउँपालिका–६, मेलगैरामा दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ | घाइतेमध्ये २ को अवस्था गम्भीर रहेको छ | उनीहरुको धनगढी र बाँकीको डोटी अस्पतालमा उपचार भइरहेको छ | 

प्रहरीका अनुसार जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो | जिप सडकबाट करिब २ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!