मन्थलीमा उद्धव “अविचल” को एकल बाचन (तस्विर सहित)

Posted on: 07 May, 2016

प्रज्वल पौडेल/ बैशाख २५ , रामेछाप ।

रामेछापको सदरमुकाम मन्थलीमा आज एकल सिर्जना बाचन गरिएको छ । बसन्त पल्लव साहित्यिक त्रैमासिक पत्रिकाले आयोजना गरेको कार्यक्रममा उद्धव आचार्य “अविचल” ले एकल बाचन गर्नुभएको हो । आचार्यले गजल, कविता र मुक्तक गरी २ दर्जन सिर्जना बाचन गरेर सुनाउनुभएको थियो ।

udhab

कार्यक्रममा अायोजकको तर्फबाट प्रमुख अतिथि सुमन कर्मचार्यले स्रष्टा अाचार्यलाइ कदरपत्र हस्तान्तरण समेत गर्नुभयाे ।

udhab 2

त्यसैगरी कार्यक्रममा सुमन कर्मचार्य, पेशल आचार्य, बद्री नयाँघरे, प्रज्वल पौडेल, युनिक विफा घिसिङ, दिनेशराज पुरी, तिर्थराज प्रसाइ, जयदीप मगर, हिरालाल आचार्य, सरिश्मा भण्डारी, प्रविना नेपाली लगाएतका स्रष्टाहरुले समेत गजल, कविता मुक्तक बाचन गर्नुभएको थियो ।

udhab 3

कार्यक्रममा वत्ताहरुले जिल्लामा आगामी दिनमा यस्ता साहित्यिक कार्यक्रम निरन्तर गर्नुपर्ने बताए । उनीहरुले साहित्यकार उद्धव अविचलको एकल वाचनलाइ मुक्तकण्ठले प्रसंसा गरेका थिए ।

sahitya 4

जिल्ला प्रहरी कार्यालय रामेछापका निरिक्षक मखन प्रसाद यादवको विशिष्ट आथित्यतामा भएको सो कार्यक्रम बसन्त पल्लव साहित्यिक त्रैमासिक पत्रिकाका प्रकाशक प्रकाश परिस्कारको सभाध्यक्षमा सम्पन्न भएको हो ।

sahitya 6अन्य तस्विरहरु

sahitya 7

sahitya 1

sahitya 3

sahitya 2

यस बिषयमा तपाइको प्रतिक्रिया...!