धनगढीबाट दार्चुला जाँदै गरेको जिप बैतडीमा दुर्घटना चालकको मृत्यु, ६ जना घाइते

Posted on: 08 Mar, 2020

फागुन २५, बैतडी । धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।   

अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।  सो राजमार्गअन्तर्गत  पाटन नगरपालिका–६ पनतोलीमा सो जिप आज बिहान सडकबाट २५० मिटर तल खसेर दुर्घटना परेको थियो । 

मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय  धनसिंह बडाल र घाइते हुनेमा दार्चुला दुहु–४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१  वर्षीय  प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी,  २० वर्षीय  हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी रहेका छन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । घाइतेको जिल्लामा उपचार हुन नसक्दा अन्यत्र सिफारिशको तयारी भएकोे जनाइएको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!