विधुतीय हुकिंग गर्ने एक जनाको मृत्यु

Posted on: 17 Jul, 2016

अभिमनु पटेल । असार ३१, रौतहट । धान रोपाइँ गर्नका लागि पानी पठाउन खोज्दा विधुतमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

रौतहटमा धान रोपाइ अहिले पुरै राम्रोसँग नभएकोले किसानहरुले समयमा सिचाइबाट पानी नपाए र समयमा बर्षा नभकोले अषाढ मसान्तमा खेती गर्नका गा.वि.स अजगैवि वार्ड नं ९ मा बस्ने ४५ वर्षीय शिवमगल ठाकुरले धान रोपाई गर्नको लागि विधुतीय मोटरमा लाइन जडान गर्न जादा करेन्ट लागेर मृत्यु भएको हो ।

विहान करिव ३ बजेको समयमा विधुतको तारमा हुकिंग गर्न खोज्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीले बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!