भारतको गौरीफन्टा नजिकै एक युवक मृत फेला

Posted on: 08 Mar, 2020

फागुन २५, कैलाली | नेपाल-भारत सिमा क्षेत्र गौरीफन्टा नजिकै कञ्चनपुरका युवक मृत फेला परेका छन् | शनिबार गौरीफन्टानजिकै रहेको आग्रा भन्ने स्थानमा कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ का ३० वर्षीय दिपक कोली मृत अवस्थामा फेला परेका हुन् |

‘भारत जाने क्रममा आग्राभन्दा २० मिटर अगाडि रहेको होटल गंगामा उनी खाजा खान भनेर झरेका थिए’ मृतक कोलीका भाई राजेश कोलीले भने, ‘धेरैबेरसम्म नआएपछि खोजी गर्दा उनी होटलको पछाडी रहेको नालमा मृत भेटिए।’ हत्याको आशंका रहेकाले मृतक कोली चढेको बसलाई अहिले नियन्त्रणमा लिएको भाई राजेश कोलीले बताए |

मृतकको शव अहिले भारतमै रहेको अस्पतालमा पोष्टमार्टका लागि राखिएको मृतका आफन्तले बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!