सुतेकै अवस्थामा चितुवाको आक्रमणबाट बैतडीमा बालिकाको मृत्यु

Posted on: 10 Mar, 2020

फागुन २७, बैतडी | बैतडीमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ | जिल्लाको मेलौली नगरपालिका वडा नम्बर ९ तल्लो सोराड क्षेत्रमा सुतेकै अवस्थामा बालिकालाई चितुवाले तानेर लगेको हो |

बुधबार बिहान रामबहादुर लुहारकी ८ वर्षीया अपाङ्ग छोरी सीता लुहारको सुतेकै अवस्थामा चितुवाको आक्रमणबाट मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ | उनको शव घर नजिकै ५०० मिटर फेलापारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी डिल्लीनारायाण पण्डेले जानकारी दिए | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

उक्त क्षेत्रमा गत साता मात्रै एक बालकलाई चितुवाले घाइते बनाएको थियो। तल्लो सोराड क्षेत्रमा २०६४ सालदेखि हालसम्म चितुवाको आक्रमणबाट २५ जानाको ज्यान गइसकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!